Thu. Apr 25th, 2024

बलिउड इतिहासमा नै सबैभन्दा धेरै कमाउने चलचित्रको रुपमा रेकर्ड बनाएको बलिउड फिल्म पिकेले नेपालमा मात्र ७ करोड भन्दा माथिको व्यापार गरेको खबर बाहिर आएको छ । पिकेको यो कलेक्सन कुनै विदेशी फिल्मले नेपाली बक्सअफिसमा कमाएको सर्वाधिक आम्दानी हो । पिकेको मोफसलबाट नेट कलेक्सन डेढ करोडभन्दा बढी छ । अघिल्लो आमिर खानको फिल्मको धुम ३ ले नेपाली बक्सअफिसमा ५ करोड ग्रस बराबरको ब्यापार गरेको हो । पिके वितरक उज्वल पौडेल र गोपिकृष्ण मूभिजले कलेक्सन पुष्टि गरेका छन् ।

pk

बिग मूभिजमा मात्र फिल्मको नेट कलेक्सन १ करोड छ । यो कलेक्सन पुरै मोफसलको बराबर हो । क्यूएफएक्समा फिल्मको ग्रस एक्लै साढे दुई देखि तीन करोड अनुमान गरिएको छ । यसरी नेपालमा मात्र ७ करोड भन्दा माथिको व्यापार गरेको चलचित्र पिकेले विश्वभरबाट मात्र ६११ करोडको व्यापार गरेको थियो । फिल्ममा अमिर खान, सञ्जय दत्त, अनुश्का शर्मा लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् । राजकुमार हिरानी निर्देशित यस फिल्मले हिन्दुधर्मको अपमान गरेको आरोप समेत पनि लगाइएको थियो ।

%d bloggers like this: