Fri. Apr 19th, 2024

माघ ८ मा संविधान नबनेको भन्दैं नायिका यूना उप्रेतीको बुबाले आत्महत्या गरेका छन् । माघ ८ मा संविधान आउन नसकेपछि उनले आत्महत्या गरेको खबर बाहिर आएको छ । ६५ बर्षे युनाका पिता बिष्णु प्रसाद झापा गोलधापमा परिवारका साथ बस्दै आएका थिए । काँग्रेस र नेकपा एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै बाजी समेत मारेका बिष्णुप्रसादले संविधान नआएपपछि विरिक्तएर आत्महत्या गरेको अनुमान स्थानियको छ ।

तर आत्महत्या गरेका बिष्णुप्रसादले सुसाइड नोट चाँहि नलेखेको गोलधाप प्रहरी चौकीको भनाई छ । उनको आज नै कनकाई माईमा अन्त्येष्टि गरिएको छ । बिष्णुप्रसादका युना बाहेक एक छोरा र तीन छोरी छन् जसमध्ये युना अमेरीका बस्दै आएकी छिन् । युनाका दाई पनि बिदेशमै छन् ।

%d bloggers like this: