Sat. Apr 27th, 2024

साउथ इण्डियन फिल्मका चर्चित कमेडियन एमएस नारायणा ६३ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। डाक्टरहरुका अनुसार शरिरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि उनको निधन भएको हो। सुरुमा उनलाई मलेरिया भएको पत्ता लागेको थियो। विगत दुई दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। अस्पताल भर्ना भएपछि उनको मृगौलाले काम गर्न छोडेको पछि डाइलोसिस गरिएको थियो। बिहिबार साँझ डाक्टरहरुले उनको अवश्था चिन्ताजनक रहेको भएपनि उपचारले काम गरिरहेको बताएका थिए।

?????????????????????????????????????????????????????????

शुक्रबार बिहान ९ः४० बजे निधन भएको स्रोतले जानकारी दिएको छ । उनले आन्द्रप्रदेश सरकारले तेलेगु सिनेमाका लागि प्रदान गर्ने नन्दी अवार्ड पाँचपटक प्राप्त गरेका छन। उनका एक छोरा र एक छोरी रहेका छन। उनले करिब ७ सय ५० बढी फिल्ममा अभिनय गरेका थिए । फिल्ममा लेखकका रुपमा छिरेका उनी अभिनित फिल्म ‘इन्द्र’, ‘सोन्तम’, ‘डोकुडु’ र ‘शिवमणी’ हिट फिल्ममा पर्दछन् । उनले ‘अलेक्जेण्डर’ नामक फिल्म लेखेका थिए भने ‘भजनत्रिलु’ र ‘कोडुकु’ नामक फिल्मको निर्देशन पनि गरेका थिए ।

%d bloggers like this: