Fri. Mar 29th, 2024

 माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘स्केप’ हलिउड चलचित्र ‘बास्केटबल डायरीज’सँग मेल नखाने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मको प्रोमो सार्वजनिक भएपछि  ‘बास्केटबल डायरीज’को कथासँग मिल्न गएको प्रतिकृया आएपनि मनोरञ्जनसंसार डटकमसँग कुराकानी गदैं चलचित्रका निर्माता तथा अभिनेता प्रदीप खड्काले  ‘बास्केटबल डायरीज’ सकिएपछि आफ्नो चलचित्रको कथा सुरु हुने खुलाएका छन् । उनले ‘स्केप’लाई ‘बास्केटबल डायरीज’को दोश्रो भाग भनेका छन् ।

escape team

अधिकांश लागूपदार्थ दुव्र्यसनीका कथा उस्तै भएतापनि आफ्नो चलचित्रले फरक चित्रण गरेको दाबी उनको छ । लागूपदार्थ दुव्र्यसनीमा फसेर छुटेका एक यूवाको कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।अनन्त घिमिरेले निर्देशन गरेको यो फिल्ममा प्रदिप खड्काको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान डंगोलको छायांकन छ । कमल श्रेष्ठको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता अमित ढुंगाना हुन् । फिल्ममा प्रदीपसँगै रीमा विश्वकर्मा, कमल श्रेष्ठलगायतले अभिनय गरेका छन् ।  

%d bloggers like this: