Thu. Apr 25th, 2024

चैत २७ गते हवलदर सुन्तली,सेतो बाघ र नाईँ नभन्नू ल ३ सँग एकसाथ प्रदर्शनमा आएका लागेको चलचित्र फूलै फूलको मौसम तिमीलाईले आफ्नो प्रदर्शन मिति पर सारेको छ । चैत्र २७ को लागि आफुहरु अन्तिममा गएका कारण सोचेअनुरुपको हल नमिलेपछि वैशाख ११ गतेलाई चलचित्रको प्रदर्शन मिति बनाएको चलचित्रका निर्देशक एवं निर्माता दिनेश डिसीले जानकारी दिएका छन् ।

ffmt

करिब दुई साता पर सरेको चलचित्र फूलै फूलको मौसम तिमीलाई अब बैशाख ११ गते देखी अलनेपाल रिलिज हुनेछ भने चलचित्र ‘रेशम फिलिली’ पनि सोहि मितिमा प्रदर्शन हुन लागेको छ । चलचित्रमा नीता ढुंगाना र आमेश भण्डारी मुख्य भूमिकामा छन् । यि जोडी रियल लाइफमा नै प्रेम प्रेमिका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ भने सुरेश अधिकारी र अमुल कार्कीको संगीत रहेको छ । । चलचित्रमा नृत्यनिर्देशन रामजी लामिछाने र नरेश बीर सिंहले गरेका छन् ।

%d bloggers like this: