Fri. Mar 29th, 2024

बलिउडकी नायिका करिना कपुरलाई कहि धार्मिक संगठनहरुले धम्की दिएका छन् । धम्कीसँगै उनको सुरक्षालाई मजबुत बनाइएको छ । ‘लव जेहाद’का कारण एउटा धार्मिक संगठनको निशानामा परेपछि उनले बान्द्रामा रहेको आफ्नो बंगलामा सुरक्षा बढाएकी छिन। यसका साथसाथै उनले दुई अगंरक्षक पनि भर्ती गरेकी छिन।

karina

करिनालाई विश्व हिन्दु परिषदका महिलाहरुले प्रकाशित गर्दै आएको एक म्यागेजिनमा लभ जिहाद भनेर तस्बिर प्रकाशित भएको थियो । हिन्दु भएर मुसलमानसँग बिहे गरेको भन्दै करिनाको चर्को आलोचना गर्दै म्यागेजिनमा उनको अनुहारको एक भागमा नकाव राखिएको थियो । करिना निकट एक सुत्रका अनुसार उनले सुरक्षा सावधानीलाई ध्यानमा राख्दै अगंरक्षक भर्ती गरेकी हुन तर यसबारेमा उनले धेरै चिन्ता पनि गरेकी छैनन।

%d bloggers like this: