Thu. Mar 28th, 2024

पछिल्लो समय एक्शन भुमिकामा चलचित्रको पर्दामा देखिएका नायक आर्यन सिग्देल खासै एक्शन अवतारमा दर्शकले नरुचाएपनि आर्यनको व्यस्तता भने कम भएको छैन । उनले एकपछि अर्को गदैं विभिन्न चलचित्रमा काम गरिरहेका छन् । हाल गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भइरहेको चलचित्र होमवर्कमा आर्यन व्यस्त छन् । तर चलचित्र होमवर्कको छायांकन भइरहेको अबस्थामा आर्यन भने मुम्बइ हानिएका छन् ।

चलचित्र होमवर्कको छायांकनलाई पछि सारेर उनी मुम्बइ लागेका हुन् । ५ दिनसम्म मुम्बइमा बस्ने आर्यनले त्यहाँ बस्ने नेपालीहरुले आयोजना गरेको एक सांकृतिक कार्यक्रममा भाग लिने भएका छन् । अतिथीको रुपमा उपस्थित हुन लागेका आर्यन उक्त कार्यक्रम सकिन साथ नेपाल आउने बताइएको छ । उनी आफ्नो श्रीमती सपनासँग मुम्बइ गएका हुन् ।

%d bloggers like this: