Thu. Apr 25th, 2024

हिजो साँझ माघ ८ पनि वित्यो,तर जनताले संविधान पाउन सकेनन्,हो यहि विषय बस्तु उठान गरिएको चलचित्र आगो २ आजबाट देशभर प्रदर्शनमा आएको छ । माघ ८ मा संविधान आएपनि नआएपनि माघ ९ मा ‘आगो २’ प्रदर्शन गरिएको निर्माणपक्षले जानकारी दिएको छ । सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे लगायतका कलाकारले अभिनय रहेको चलचित्र आगो २ आजबाट सोलो रिलिजमा आएको छ ।

पछिल्लो समय सोलो रिलिजको मौका कमै चलचित्रले मात्र पाइरहेको अबस्थामा आगो २ ले आक्रमक व्यापार गर्न सक्ने जानकारहरु बताउँछन् । किसान पोखरेलले निर्माण गरेको आगो २ लाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रले गरिबी, गणतन्त्रपछिको नेपालीको अवस्था, भ्रष्टाचार, नेताहरुको फेरिँदो जीवनशैलीको कथा बोल्छ । यो चलचित्र ‘आगो’को सिक्वेल हो ।

%d bloggers like this: