Fri. Apr 26th, 2024

बलिउड आकाश,हो यो यस्तो ठाँउ हो जहाँ एउटा चलचित्रमा कुनै कलाकारले अभिनय गर्यो भने लगभग त्यो कलाकारको भविष्य सुरक्षित हुन्छ । अर्थात भनौं अन्य धेरै चलचित्रबाट उक्त कलाकारलाई राम्रो माग आउन थाल्छ । त्यहि भिडकी एक नायिका हुन् ज्याकलिन फर्नान्डेज, यि नायिका बलिउडमा स्थापित हुन धेरै कसरत गरिरहेकी थिइन त्यहि क्रममा बलिउडका सुपरस्टार सलमान खानसँग चलचित्र किकमा अभिनय गरेपछि उनको चर्चा र माग यसरी बढ्यो कि उनी अहिले कुन चलचित्रमा अभियन गर्ने र कुनमा नगर्ने भन्ने छुट्याउन समेत सकेकी छैनन् अर्थात उनलाई चलचित्रको अफर नै उनले छुट्याउन नसक्ने गरि आएका छन् ।

Jacqueline-Fernandez

किकमा सलमान खानको जोडी भएर पर्दामा देखेपछि एक्कासी बढेको उनको व्यस्तताले उनको माग र भाऊ पनि निकै आकाशिएको छ । श्रीलंकन सुन्दरी ज्याकलिन फर्नान्डेज बलिउडमा सर्वाधिक महंगी अभिनेत्री बन्ने दिशामा छिन् । हालै भारतको उत्तर प्रदेशमा आयोजित सरसफाइ महोत्सवमा बलिउड अभिनेता ऋतिक रोशन, अभिनेत्री परिणिति चोपडाको साथमा त्यहाँ पुगेकी ज्याकलिनले ३ मिनेट नृत्य गर्दा ७५ लाख भारु अर्थात १ करोड २० लाख रुपैयाँ लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बढ्दो मागसँग ज्याकलिनले आफ्नो भाउ बढाएकी हुन् ।

%d bloggers like this: