Thu. Apr 25th, 2024

बलिउड फिल्म पिकेमा अभिनय गरेपछि यति बेला बलिउडस्टार अमिर खानको चर्चा परिचर्चा व्यापक हुन थालेको छ । पिकेले बलिउड इतिहासमै सबैभन्दा बढि कमाउने चलचित्रको रेकर्ड बनाएपछि आमिरको माग यति बेला बलिउडमा निकै आकाशिएको छ । अहिले आमिरलाई लिएर कुनै पनि फिल्मको प्रमोशन गरियो भने पनि चलचित्रले मालामाल कमाउछ भन्नेको भिडपनि बाक्लै लागेको छ बलिउडमा,सायद त्यसैले होला बलिउडका मेगास्टार अमिताभ बच्चनले पनि आमिरको निकै बयान गरेका छन् । अमिताभले एक कार्यक्रममा भनेका छन् फिल्मको मार्केटिङका लागि आफुले कुनै भूमिका निभाउन नसक्ने बताए।

Aamir-Amitabh

उनले फिल्मको मार्केटिङका लागि नायक आमिर खानको तरिका शानदार भएको पनि बताएका छन्। उनले आफूलाई क्यामेरा अघि गएर सट दिन सिवाय अरु केही गर्न नआउने पनि उल्लेख गरे। आमिरको प्रसंशा गर्दै उनले बलिउडमा आमिरले सानदार काम गरेको बताए। यसरी आमिरको खुलेर प्रसंशा गरेका अमिताभले आमिरकले कतै आफुले अभिनय गरेको चलचित्र शमिताभको प्रचार गरिदिन्छन् कि भन्ने हेतुले गरेका हुन् । खबरका अनुसार आमिरले अमिताभ अभिनित चलचित्र शमिताभको प्रचार गरिदिने पनि बताइएको छ । अमिताभको प्रमुख भूमिका रहेको फिल्म शमिताभ फेव्रअरी ६ मा रिलिज हुनेछ।

%d bloggers like this: