Fri. Mar 29th, 2024

चैत २७ गते अरु तिनठुला चलचित्र हवल्दार सुन्तली,फूलै फूलको मौसम तिमीलाई र सेतो बाघसँग एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र नाईँ नभन्नू ल ३ यति बेला देखी नै चर्चामा छ । चलचित्रको पहिलो र दोस्रो सिक्वेल सुपरहिट भएपछि निर्माण भएको चलचित्र नाईँ नभन्नू ल ३ ले पनि धमकेदार व्यापार गर्ने अहिलेदेखीनै अनुमान धेरैले लगाएका छन् । त्यहि क्रममा चलचित्र नाईँ नभन्नू ल ३ वितरण गर्न वितरक सुनिल मानन्धरले ३५ लाख लिने भएका छन् । यो रकम अहिलेसम्म फिल्म वितरण गर्ने वितरकहरु मध्यकै उच्च हो ।

nai navannu la 3 (5)

वितरक सुनिल मानन्धरका अनुसार काठमाण्डौ भित्र चलचित्रले यो रकमको व्यापार गरेपनि नगरेपनि सुनिलले निर्मातालाई ३५ लाख दिनेछन् । उनले ३५ लाख भन्दा माथिको व्यापार भएपछि मात्र हिसाब आधा आधा हुने बताए । काठमाडौंमा मात्र छायांकन गरिएको चलचित्र नाईँ नभन्नू ल ३ मा संचिता लुइँटेल, आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संयम पुरी, अनुभव रेग्मी र आश्मा डिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । पारिवारिक प्रेमकथा समेटिएको चलचित्र नाईँ नभन्नू ल ३ लाई निर्देशक विकास आचार्यले निर्माण गरेका हुन् भने मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

%d bloggers like this: