Fri. Apr 26th, 2024

डिजिटल प्रविधी आएपछि म्युजिक भिडियो बनाउनेक्रम ज्यादै नै बढ्दो छ । सिड्नीका युवाहरुको फिल्म निर्माण कम्पनी आल्प इन्टरटेनमेन्टले सम्भतः पहिलो पटक आइफोनबाट म्युजिक भिडियो बनाएको घोषणा गर्दै पोस्टर समेत सार्वजनिक गरेर छन ।

‘ऋतु’ फिल्म निर्देशन गरेका मनोज अधिकारीले उक्त म्युजिक भिडियोलाई निर्देशन गरेका छन । आइफोनबाट भिडियो खिच्ने काम सविना ज्ञवालीले गरेका हुन । सार्वजनिक ‘चाहाना तिमी मेरो’ नामक म्युजिक भिडियो बनाउनको लागि आइफोनको क्यामरालाई एउटा सफ्टवेयर प्रयोग गरेर टुक प्रविधीमा खिचिएको जानकारी प्राप्त भएको छ । भिडियोमा नयाँ अनुहार अजय राजवंशी र पुजा प्रियंकाको अभिनय रहेको छ ।

जनवरी २० मा आल्प इन्टरटेनमेन्टको यु ट्युब च्यानलमा उक्त भिडियोलाई सार्वजनिक गरिएको छ । आइफोनको क्यामेरालाई टुके रिजोल्युसनमा लगेर भिडियो खिचिएको खुलासा समेत मनोजले गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=JptebEIfXRE

%d bloggers like this: