Fri. Apr 19th, 2024

rekha

नायिका रेखा थापा,जसको बच्चा देखी वृद्धसम्म फ्यान छन् । उनै रेखा थापा सोमबार पाल्पाको रिडी बजारमा आयोजना भएको रिडी माघे संघ्रान्ती मेलामा उनलाई नेपालका मन्त्रीलाई प्रहरीले दिइने सुरक्षा व्यबस्था भन्दा पनि बढि थियो । रेखासँग फोटो खिच्न महिलासँगै युवा, अधवैंशे र बालबालिका तँछाडमँछाड गर्दै झ्याम्मिएका थिए । तर रेखाले आफ्नो फ्यानको इच्छालाई बुझ्न सकेपनि उनले त्यो गर्न भने पाइनन् । प्रहरीको सुरक्षामा कार्यक्रम स्थल पुगेर प्रहरीको सुरक्षामै रेखा त्यहाँबाट फर्किएकी थिइन् । रिडीमा महिला दर्शकको यस्तो क्रेज देखेर रेखा पनि दंग थिइन् । रेखालाई हेर्न झन्डै पाँच हजार दर्शकले टिकट काटेका फ्रेन्ड्सक क्लबका अध्यक्ष हिमाल श्रेष्ठले बताए ।

rekha 2

उनले उक्त कार्यक्रममा आमाको नामबाट नागरिकता पाउने विषय देखी युवतीहरुले हिम्मत वढाएर अघि बढ्नु पर्ने सम्मका कुरा व्यक्त गरेकी थिइन । रेखाले फिल्मी, लोक र राष्ट्रिय गानाका केही टुक्का पनि गुन्गुनाएकी थिइन् भने ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालामा’ अतिथि एवं दर्शकसँगै कम्मर पनि मर्काएकी थिइन् । रेखाले अभिनय गरेको चलचित्र तथास्तु पुष २५ गते प्रदर्शनमा आएको थियो ।

%d bloggers like this: