Fri. Mar 29th, 2024

पछिल्लो समय बलिउडमा आफुलाई स्थापित गराउन विभिन्न कसरत गरिरहेकी पूर्वपोर्नस्टार एवं बलिउड नायिका सनी लियोनलाई बलिउडमा सबैभन्दा प्रेरण दिने नायिका प्रियंका चोपडा रहेको बताएकी छिन् । एक म्याग्जीनको कवर लञ्च कार्यक्रममा पति डैनियल वेबरको साथमा पुगेकी सनीले यस्तो कुरा बताएकी हुन् । उक्त कार्यक्रममा सनीलाई बलिउडका कुन कुन नायिका राम्रो लाग्छ भन्ने प्रश्न सोधिएको थियो र त्यसको जबाफमा सनीले आफुलाई बलिउडमा सबै भन्दा नायिका विद्या बालन राम्रो लाग्ने गरेको बताएकी छिन् ।

sunny_sm_650_012015061631

त्यसपछि कंगना रनोटको काम पनि उत्कृष्ट लाग्ने सनीले बताइन । फेरी सनीले भनिन् -‘मेरो विचारमा नायिका प्रियंका चोपडा निकै राम्री नायिका लाग्छ,किनकी प्रियंका सबै काम गर्न सक्छिन्,त्यसैले मेरो विचारमा बलिउडमा प्रियंका सबैभन्दा प्ररणादायी नायिका हुन् ।’ सनीले प्रियंकाको बारेमा निकै खुलेर तारिफल समेत गरेकी थिइन । सनी चाडैं नै बलिउड फिल्‍म मस्तीजादेमा देखिदेंछिन्,जसमा उनी तुषार कपूरको साथमा देखिनेछिन् ।

%d bloggers like this: