Fri. Apr 19th, 2024

यसअघि नै प्रदर्शन गर्ने बताइएपनि विविध कारणले रोकिएको चलचित्र बर्दी अब भने प्रदर्शनको लागी तयार भएको छ । सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको दोस्रो चलचित्र ‘बर्दी’ आगामी जेठ ८ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यस भन्दा अगाडी मावन चलचित्र निर्माण गरेका कुमारले चलचित्र बर्दी अहिलेको समयअनुकलको रहेको बताए । चलचित्रलाई विजयविक्रम बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा अनु शाह, कुशल थापा, रुपा खनाल, विरेन डीसी लगायतका कलाकारको अभिनय छ ।

Bardi-Movie1गीता आचार्य, प्रवेश आचार्य, करुणा आचार्यले निर्माण गरेका चलचित्रले सुरक्षा निकायको उपस्थिति नहुँदा समाजको अवस्था विकराल किसिमको हुन्छ भन्ने सन्देश बोकेको छ । फिल्ममा कुमार महर्जनको द्वन्द्व, पुरुषोत्तम बस्नेत, दिपेश गौतम र अनिला खड्काको गीत, विकास चौधरीको संगीत, प्रदीप श्रेष्ठको कोरियोग्राफी तथा गणेशकुमार श्रेष्ठको छायांकन फिल्ममा रहेको छ । फिल्मका उपत्यका वितरक सुनिल मानन्धर हुन् ।

%d bloggers like this: