Fri. Apr 26th, 2024

माघ १६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र सम्बोधन निर्माण कम्पनीले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र ‘ग्याङस्टार ब्लुज’को औपचारिक निर्माण घोषणा गरेको छ । कार्यक्रममा चलचित्र ‘ग्याङस्टार ब्लुज’ मा अनमोल केसी फाइनल भएको जानकारी समेत गराइएको छ । निर्देशक हेमराज बिसीका अनुसार ‘ग्याङस्टार ब्लुज’ चलचित्र सम्बोधन प्रदर्शनमा आइसकेपछि मात्र छायांकनमा जाने जानकारी दिए ।

सरोज न्यौपानेले निर्देशक हेमराज बिसीसँग मिलेर चलचित्र ‘ग्याङस्टार ब्लुज’ निर्माण गर्न लागेका हुन् । माघ १६ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र सम्बोधनलाई हेमराज बिसीले नै निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै नायक अनमोल केसीले आफु चलचित्र ‘ग्याङस्टार ब्लुज’ मा फाइलन भएको र चलचित्र ‘ग्याङस्टार ब्लुज’ को छायांकन आफ्ना पिता भुवन केसीले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ड्रिम्सको छायांकन पछि सुरु हुने पनि जानकारी दिए । चलचित्रमा अनमोल मुख्य भुमिकामा रहने छन् । चलचित्र ‘ग्याङस्टार ब्लुज’ ले दश बर्षे जनयुद्धमा लडेका युवाहरुको अहिलेको अबस्था र विस्तारै उनीहरु अपराधीक क्रियाकलापमा फेसेको कथालाई उठान गर्नेछ । त्यस्तै सोहि कार्यक्रममा चलचित्र सम्बोधनका बारेमा पनि जानकारी गराइएको थियो ।

चलचिब सम्बोधन लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता त्रिचन्द्र कलेजका स्ववियू सभापती समेत रहेका भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक बिसीले नै यो चलचित्र लेखेका हुन् । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ । चलचित्र निर्माणकै क्रममा राम्रो प्रतिक्रिया आईरहेकाले चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

%d bloggers like this: