Tue. Apr 23rd, 2024

पछिल्ला समयमा निकै फुर्सदिला महानायक राजेश हमाल,नायिका नन्दिता केसी र गायक हिमाल सागर अब वर्ल्ड टुरमा जाने भएका छन् । यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा राजेश हमाल,नायिका नन्दिता केसी,गायक हिमाल सागर र यात्रा फाउन्डेसनका अध्यक्ष रोशन पराजुलीले वर्ल्ड टुर गर्ने भएका हुन् । मार्चबाट सुरु हुने वर्ल्ड टुरले नेपाली कलासंस्कृति तथा मौलिक पहिचानलाई विश्वसामु पुर्‍याएर वर्ल्ड टुरले मदद्त गर्ने यात्रा यात्रा फाउन्डेसनका अध्यक्ष रोशन पराजुलीले जानकारी दिए ।

rajesh-nandita-hima

जेनेभाबाट सुरु हुन लागेको वर्ल्ड टुर उपलब्धि मुलक रहने नायक राजेश हमालले बताएका छन् । गायक हिमाल सागर पछिल्लो समय देशभित्र भइरहेका विभिन्न स्टेज कार्यक्रममा सहभागी हुने गरेका छन् भने महानायक हमाल पनि विभिन्न स्टेज कार्यक्रममा नै सहभागी हुने गरेका छन् । नायिका नन्दिता केसी भने आफुले अभिनय गरेको चलचित्र लोग्ने मान्छेको प्रचार प्रसारमा व्यस्त छिन् । माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र लोग्ने मान्छेमा नन्दिता मुख्य भुमिकामा छिन् ।

%d bloggers like this: