Sat. Apr 20th, 2024

???????????????????????????????????????????????????????????????????????????

८७ औं ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । विश्वकै प्रतिष्ठित अवार्डको सूची अनुसार फिल्म ‘बर्डमेन’ र ‘द ग्राण्ड बुडापेष्ट होटल’ सर्वाधिक नौ–नौ विधाको मनोनयनमा परेका छन् । फिल्म ‘बर्डमेन’ चाहिँ बेष्ट पिक्चर, एक्टर, सर्पोटिङ एक्टर, सर्पोटिङ एक्ट्रेस, सिनेमाटोग्राफी, डाइरेक्टर र साउण्ड मिक्सिङको मनोनयनमा परेको छ भने ‘द ग्राण्ड बुडापेष्ट होटेल’ अवार्डको वेष्ट पिक्चर, वेष्ट सिनेम्याटोग्राफी, बेष्ट डाइरेक्टर, बेष्ट मेकअप, बेष्ट ओरिजिनल स्कोर, बेष्ट कष्ट्युम डिजाइन, बेष्ट फिल्म एडिटिङ र बेष्ट प्रोडक्सन डिजाइन विधाको मनोनयनमा परेको छ । अमेरिकन स्नाइपर, द इमिटेशन गेम, सेलमा, द थिअरी अफ एवरीथिंग र विप्लेश बेष्ट फिल्मको मनोनयनमा परेका छन् । ‘द इमिटेशन गेम र बाँयहुड’ले सर्वोत्कृष्ट फिल्म र निर्देशक विधामा प्रतिस्पर्धा गर्दै मनोनयनमा परेको छ भने ‘द ग्रयाण्ड बुढापेष्ट होटल र व्हिपलेश’ पनि ६ वटा विधामा मनोनयनमा परेको छ ।

%d bloggers like this: