Fri. Apr 19th, 2024

तपाईहरुलाई थाहा छ नायक नायक रेश मरहठ्ठाले लागुपदार्थ खानका लागी पैसा नभएपछि आफ्नै प्रेमिका अरुणिमालार्ई बेचेका छन् । उनले अरुणिमा खरेललाई लागुपदार्थ प्रयोग गर्नका लागी लिएको पैसा तिर्न नसकेपछि पैसाको सट्टा बेचेका छन् ।

प्रेमी मरठ्ठाबाट धोका पाएपछि अरुणिमाले आत्महत्याको प्रयास समेत गरेकी छन । तर यो कुरा रियल लाइफमा भने चै होइन,योे एक म्युजिक भिडियोमा रेश र अरुणिमाले गरेको अभिनयको दृश्य हुन् ।

TIMRO-MAYA-KO

गायिका दिपशिखा मिश्रको नयां गीतको म्यूजिक भिडियोमा रेश मरहठ्ठा र अरुणिमाले यस्तो अभिनय गरेका हुन् । ‘तिम्रो मायाको’ नामक सार्वजनिक म्युजिक भिडियोमा जीवन थापाले निर्देशन गरेका हुन ।

उनले मरठ्ठालाई एक ड्रगिष्टको भूमिकामा उतारेका छन् । रमेश परियारका शब्द तथा संगीतमा दिपशिखा मिश्रको स्वर रहेको गीति एल्बम ‘म्यूजिक इज लाइफ’ लाई ए.के.नन्दले निर्माण गरेका हुन् । अखिल बास्तोलाको छायांकन रहेको म्युजिक भिडियोमा रेश मरहठ्ठा, सञ्जय पाण्डे, निता पोखरेल र नवनायिका अरुणिमा खरेलले अभिनय गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=gX-LHwYoJRA

%d bloggers like this: