Thu. Mar 28th, 2024

2295_rajnikanth_and_

साउथ इण्डियन फिल्मका सुपरस्टार रजनीकान्त सोमवार मुम्बई एयरपोर्टमा देखिएका थिए । उनको साथमा ज्वाई धनुष पनि देखिएका थिए । रजनीकांत शत्रुघ्न सिन्हाका छोरा कुश सिन्हाको बिबाहको रिसेप्शनमा सामिल भएका थिए । रजनीकान्त उक्त कार्यक्रममा साधारण लुक्समा देखापरेका थिए । उनीले ब्लू ओपन शर्ट र ब्यालेक पेन्ट लगाएका थिए । रजनीकान्त सोमवारको साँझ कुशको रिसेप्शन पार्टीमा पुगेका थिए । उनले बलिउडका मेगास्टार अमिताभ बच्चनसँगपनि मिलेका छन् । रजनीकान्त अमिताभ बच्चनले अभिनय गरेको चलचित्र शमिताभको म्युजिक भिडियोमा पनि सहभागी हुने कार्यक्रम रहेको छ । उमेरले ६० बर्ष नाघेका रजनीकान्तले केहि दिन अगाडी मात्र लिंगा नामक चलचित्र प्रदर्शनमा आएको थियो । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका भाई कुश सिन्हाको रिसेप्शन पार्टीमा आएका रजनीकान्तले लिंगामा सोनाक्षीसँग अभिनय गरेका थिए । सोनाक्षीसँग निकै नजिक भएका कारण रजनीकान्त कुश सिन्हाको रिसेप्शन पार्टीमा आएका हुन् ।

%d bloggers like this: