Fri. Apr 26th, 2024

चर्चित स्व.निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेको अन्तिम चलचित्र ‘अझै पनि’ यति बेला हरेक दर्शकका लागी प्रतिक्षाको चलचित्र बनेको छ । म्युजिक भिडियो निर्देशनबाट धेरैलाई रियल लाइफमा रुवाउन सफल भएका निर्देशक आलोकले चलचित्र अझै पनि निर्देशन गरेर चलचित्र दर्शकलाई देखाउँन नपाउँदैं उनले हामी सबैलाई छोडेर भगवानका प्यारा भए ।

तर उनले आफ्ना प्यारा दर्शकहरुलाई भने आफ्नो अन्तिम कोसेली छोडेर गएका छन् । त्यो हो फागुन १५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अझै पनि’ ।

aajai pani

हो स्व.निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेको चलचित्र अझै पनि फागुन १५ गते देशभर प्रदर्शनको लागी तयार भएको छ । सामाजिक प्रेम कहानीमा आधारित यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् ।

चलचित्रले नेपाली समाजका केहि भोगिएका तर नदेखिएका घटनालाई पर्दामा प्रस्तुत गर्ने बताईएको छ । ‘अझै पनि’मा सुदर्शन र पुजासँगै सुरक्षा पन्त, प्रमिला खनाल, पुष्पा खड्का, विशाल ढुङ्गाना, बिपना धिमाल, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगायतका कलाकारहरुको अभिनय छ ।

%d bloggers like this: