Thu. Apr 25th, 2024

bipasa basu

बलिउड अभिनेत्री विपाशा बासुले निकै राम्रो विश्वास बोकेको चलचित्र अलोनले कमाल गर्न नसक्दा यति बेला विपाशा चिन्तित भएकी छिन् । चलचित्र अलोनले प्रदर्शनमा आएको दुई दिनमा ९.०२ करोडको व्यापार गरेको थियो भने चलचित्रले पहिलो दिन ४.५७ करोडको व्यापार गरेको थियो । १६ जनवरी देखी प्रदर्शन सुरु भएको चलचित्र अलोनले बलिउड बक्स अफिसमा कमजोर व्यापार गरेपछि विपाशाको फिल्मी करियर अब धरापमा पर्र्न सक्ने धेरैले अडकल काटेका छन् । सेक्स र सस्पेन्स चलचित्र अलोनले सोचेअनुरुपको व्यापार नगरेपछि उनले ट्वीट गर्दै भनेकी छिन् -‘अलोन फिल्मको सफरमा मेरो भुमिका सबै भन्दा नराम्रो रह्यो त्यसैले अब मेरो अर्को नयाँ सफर सुरु भएको छ ।’ ‘अलोनको सम्पुर्ण टिमलाई म धेरै मिस गर्नेछु र मलाई माया र साथ दिने सबैलाई धेरै धेरै धन्यवाद ।’ यसरी विपाशाले निकै निराश भाबमा उक्त शब्दहरु ट्वीट गरेपछि यति बेला बलिउडमा हंगामा नै मच्चिएको छ ।

%d bloggers like this: