Thu. Mar 28th, 2024

चर्चित नायक भुवन केसीका छोरा अनमोल केसीले हेमराज बिसीले निर्देशक गर्न लागेको चलचित्र ‘ग्याङस्टार ब्लुज’मा अभिनय गर्ने भएका छन् । होस्टेल र जेरी जस्तो सफल चलचित्रमा अनमोललाई लिएर निर्देशन गरेका हेमराजले ‘ग्याङस्टार ब्लुज’मा पनि अनमोल नै लिने निर्णय गरेतापनि अनमोलका पिता भुवन केसीले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘ड्रिम्स’को छायांकन लगभग एउटै तालिकामा हुनेभएपछि अनमोलले सम्झैता रकम समेत फिर्ता गरेका थिए । तर अब अनमोलले उक्त चलचित्र खेल्ने भएका छन् ।

anmol

भुवन र हेमराज बिसी बिच शनिबार र आइतबार भएको छलफलबाट अनमोल ‘ड्रिम्स’ चलचित्रको छायांकनपछि ‘ग्याङस्टार ब्लुज’मा अभिनय गर्न राजी भएका हुन् । अनमोलले उक्त चलचित्रबाट हात झिकेपछि ‘ग्याङस्टार ब्लुज’मा बैंकर रबिना देसराजका छोरा देखिने खबर बाहिर आएपनि अब चलचित्रमा अनमोल नै रहनेछन् । चलचित्र ‘ड्रिम्स’ को छायांकन सकिएपछि अनमोलले ‘ग्याङस्टार ब्लुज’मा काम गर्ने पक्का भएको छ । अनमोलले ग्याङस्टार ब्लुजका लागि पालेको कपाल केही दिन अगाडी मात्र काटेका थिए ।

%d bloggers like this: