Thu. Apr 25th, 2024

amar-rose_650_011915091142

हलिउड अभिनेत्री अबर रोजले आफ्नो घरको बालकनीमा फोटोशूट गरेकी छिन् । हलिउड वेबसाइट मिरर डटकम यूकेका अनुसार एक बच्चाकी आमा रोजले फोटोशूटको दौडानमा वनपीस पहिरिएकी थिइन । कालो स्वीमसूटमा रोजले अलग-अलग पोजमा तस्विर खिचाएकी छिन् । उनले इस्टाग्राममा समेत आफ्नो तस्वीर पोस्ट गरेकी छिन् । खबरका अनुसार कैप्शनमा रोजले ‘अमेरिकन पाई’ फिल्ममा आफ्नो भुमिकाको उल्लेख गदैं उनले इस्टाग्राममा ‘स्टीफलर्स माम’ लेखेकी छिन् । रोजको यस्तो बिकिनी तस्विर प्रति उनको श्रीमान विज खलीफाले तारिफ गरेका छन् । रोजले आफ्नो श्रीमान विजलाई अदालतमा सम्बन्ध विक्षेदको मुद्धा लगाएकी छिन् तर उनीहरु एकसाथ बस्दैं आएका छन् । रोज र विजका २ बर्षका एक छोरा पनि छन् ।

%d bloggers like this: