Fri. Apr 26th, 2024

चलचित्र ‘लोग्ने मान्छे’ नचले कालामाटीमा तरकारी बेच्ने अभिव्यक्ति दिएका निर्देशक लय लय संग्रौलाले निर्देशनमा तयार भएको चलचित्र ‘लोग्ने मान्छे’को नयाँ अफिसियल गीत रिलिज भएको छ । ‘तिमी भरी पोखिएछु’ नामक सार्वजनिक बोलको गीतमा नायक दिलिप रायमाझि र नायिका नन्दिता केसी देखिएका छन् । गीतले दिलिप र नन्दिताको प्रेम सम्बन्धलाई देखाउन खोजेको छ । चेतन सापकोटाको संगीत ,लय संग्रौलाको शब्द रहेको सार्वजनिक गीतमा स्वरूपराज आचार्यको स्वर रहेको छ ।

dilip and nandita

दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र लोग्ने मान्छेमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन रहेको छ भने उत्तम केसीको परिकल्पना रहेको छ । माघ २३ गते देशव्यापी प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र लोग्ने मान्छेले वैवाहिक बन्धनपछि हुने स्वाभाविक तथा अस्वाभाविक ठगीले समस्याग्रस्त मनोविज्ञानलाई कथानक रुपमा चित्रण गरेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=pNtBg9–lsU

%d bloggers like this: