Thu. Apr 25th, 2024

२०११ मा बलिउड बक्स अफिसमा धुम मच्चाएको बडिगार्डको अब सिक्वेल बन्ने भएको छ । ‘बडिगार्ड-२’ नाम रहने चलचित्रमा सलमान र करीना कपुर नै चलचित्रको मुख्य भुमिकामा रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आधिकारिक रुपमा नै चलचित्रका निर्माता अतुल अग्निहोत्रीले ‘बडिगार्ड-२’लाई फरक कथामा निर्माण गरिने बताएका छन। बडिगार्डको कुनै पनि कथासँग ‘बडिगार्ड-२’ को कथा नजोडिने निर्माता अतुल अग्निहोत्रीले जानकारी दिएका छन् ।

salmankhan

हाल सलमान खान विभिन्न चलचित्रको छायांकनमा व्यस्त भएका कारण केहि महिना भित्रमा नै चलचित्रको छायांकन सुरु हुने बताइएको छ । हाल सलमानको हातमा कबिर खानको ‘बजरगीं भाइजान’, सूरज बड्जात्याको ‘प्रेम रतन धण पायो र करण मल्होत्राको ‘शुद्धी’ चलचित्र भएका कारण ‘बडिगार्ड-२’ को छायांकन केहि पर लम्भिने बताइएको छ । तर ‘बडिगार्ड-२’का लागी सलमानले आफुनै मुख्य पात्रको रुपमा रहने जानकारी समेत दिइसकेका बताइएको छ ।

%d bloggers like this: