Fri. Mar 29th, 2024

राजधानी बाहिर विभिन्न ठाँउहरुमा च्यारेटि शो सम्पन्न गरेको चलचित्र सुनपानी अब माघ २३ गतेबाट भने अलनेपाल रिलिज हुने भएको छ । जातीय छुवाछुत र बर्गीय असमानतालाई आधारलाई मुख्य विषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र सुनपानी अब माघ २३ गते अलनेपाल रिलिज हुने निर्देशक सबिन बास्तोलाले जानकारी दिए । गुञ्जन एण्ड कुसुम फिल्मस्को ब्यानरमा लायन चेतबहादुर सिंह (राजा) को निर्माणमा तयार भएको चलचित्रमा नविन तिमल्सिना,आशा भुसाल,सबिन बास्तोला,अग्रज के.सी.,तारा के.सी.,चेतकहादुर सिंह,स्वस्तिका लामिछाने,बुद्धिसागर खनाल,नीशा शाह,स्मृति पाण्डे,लक्ष्मण लम्साल,सिताराम तिमल्सिना आदि कलाकारहरुले अभिनय गरेका छन् । निर्देशक बास्तोलाकै कथामा लक्ष्मण लम्सालको पट्कथा,गणेशकुमार श्रेष्ठको छाँयाकन,बिमलराज क्षेत्रीको सँगीत,कमल खालिग र नीशा शाहको नृत्य निर्देशन रहेको छ ।

%d bloggers like this: