Thu. Apr 25th, 2024

चलचित्र ‘मिस नेपाल’ निर्माण गरेर राम्रै व्यापार गर्न पनि सफल भएकी नायिका शुभेच्छा थापाले अब चलचित्र मखमली निर्माण गर्ने भएकी छिन् । आइतबार काठमाण्डौको सिटीम्याक्स हलमा चलचित्र मखमलीको शुभमुहुर्त गरिएको छ ।

भोलीबाट छायांकन सुरु हुने चलचित्र मखमलीलाई निर्देशक राजु गिरीले निर्देशन गर्नेछन् । अशोक फुयाँल, शुभेच्छा थापा, पबन बस्नेत, जीवन गिरी, उत्तम केसी, सीके सिंह, नवराज गिरीको साथमा बाल कलाकार जेनिशा रिजालको मुख्य भूमिका रहने चलचित्रमा अर्जुन पोख्रेल र टिका भण्डारीको संगीत, मुकेश हुमागाँइको छायांकन, रोशन श्रेष्ठको द्धन्द्ध रहने छ ।

makmali

काठमाण्डौ, भारत र जापानमा चलचित्रको छायांकन गरिने नायिका शुभेच्छा थापाले जानकारी दिइन । कथाले मागेको सहवासको दृश्यदेखि यौवन लिलामसम्मका विविध हाउभाउलाई कलात्मक ढंगबाट आफुले चलचित्रमा प्रस्तुत गर्ने नायिका शुभेच्छाले कार्यक्रममा बताएकी छिन् । शुभेच्छा इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको मखमलीमा शुभेच्छाको लगानी रहने छ ।

%d bloggers like this: