Fri. Apr 26th, 2024

नेपालका तत्कालिन प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘तिन घुम्ती’ मा आधारित भएर निर्माण हुन लागेको चलचित्र तिन घुम्तीबाट जीवन बाई बाई भएका छन् । अर्थात जीवन अब चलचित्र तिन घुम्तीमा नदेखिने भएका हुन् । हाल अमेरिकामा रहेका जीवन चलचित्र तिन घुम्तीका लागी यसअघि नै पक्का भएका थिए तर के कारणले जीवन उक्त चलचित्रबाट हटे त्यो भने खुलाइएको छैन ।

अब जीवनको ठाँउमा कलाकार ध्रुव दत्तले अभिनय गर्नेछन् । ‘पिताम्बर’ नामक पात्रको भूमिकामा ध्रुव देखिन लागेका छन् । चलचित्रमा गरिमा पन्त ‘इन्द्रमाया’को भुमिकामा देखिदैंछिन् । सोमबारबाट छायांकन सुरु हुन लागेको चलचित्र तिन घुम्तीको छायांकन बन्दीपुरबाट सुरु हुनेछ ।

jeevan lautel

लामो समयको होमवर्कपछि चलचित्रको छायांकन सुरु हुन लागेको जानकारी दिदैं चलचित्रका निर्देशक बाबुराम ढकालले चलचित्र तिन घुम्तीबाट जीवन किन हटे भन्ने विषयमा केहि बोल्न चाहेनन् ।

यसअघि ‘दुलही’, ‘पर्खिराख है’, ‘नाइन ओ क्लक’ जस्ता चलचित्र निर्देशन गरिसकेका बाबुराम ढकालले केही सफल टेलिश्रृङ्खला पनि बनाइसकेका छन् । चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको गीत रहनेछ । चलचित्रको ८० प्रतिशत छायांकन बन्दीपुरमा हुनेछ । कर्मा प्रोडक्शनको ब्यानरमा तयार हुन लागेको चलचित्रमा अब गरिमा पन्त र ध्रुव दत्तको मुख्य भुमिका रहने छ ।

%d bloggers like this: