Fri. Apr 26th, 2024

ऐेश्वर्या राय बच्चन करिब ४ बर्षको अन्तरालपछि फेरी बलिउडको पर्दामा देखिन लागेकी छिन् । पूर्व विश्वसुन्दरी समेत रहेकी ऐश्वर्याले करिब ४ बर्ष पहिले बलिउडका मेगास्टार अमिताभका छोरा अभिषेकसँग बिबाह गरेकी थिइन । बिबाह गरेको केहि बर्षमा नै छोरीको जन्मि भएपछि बलिउड फिल्म खेल्ने सपना त्यसै थाती राखेर बसेकी नायिका ऐश्वर्या राय अब संजय गुप्ताको फिल्म ‘जज्बा’बाट फेरी कमब्याक भएकी छिन् ।

छोरी अब स्कुल जान थालेपछि फुर्सदमा रहेकी ऐश्वर्याले जज्बा बाहेक अरु केहि चलचित्रमा समेत पक्का भएकी छिन् । यस विषयमा ऐश्वर्याका ससुरा अर्थात बलिउडका मेगास्टार अमिताभलाई सोधिएको थियो कि ऐश्वर्याको कमब्याकलाई तपाईले कसरी लिनु भएको छ ? र यसको उत्तरमा अमिताभले ऐश्वर्यालाई केहिले पनि यसक्षेत्रबाट अलग रहेर बस्न नभने र ऐश्वर्याको फेरी फिल्मक्षेत्रमा भएको कमब्याकले आफु मात्र नभएर सम्पुर्ण परिवार नै खुसी रहेको बताएका छन् ।

%d bloggers like this: