Wed. Apr 24th, 2024

काठमाडौंको चुच्चेपाटी स्थित केएल टावरमा संचालनमा ल्याइएको कृष्णाज कलेक्सनको उद्घाटनमा नेपाली चलचित्रका तिन सुन्दर नायिकाहरु एकसाथ देखिएका छन् । गरिमा पन्त,निता ढुंगाना र झरना थापाले संयूक्त रुपमा कृष्णाज कलेक्सनको उद्घाटन गरे । आर्कषक पहिरनमा देखिएका तिन नायिकाहरुलाई हेर्नेको भिड पनि कम लागेको थिएन उक्त उद्घाटन कार्यक्रममा ।

नेपाली सेलिब्रेटीहरुलाई मध्यनजर गरेर खोलिएको कृष्णाज कलेक्सनलाई सरोज महर्जन र कृष्ण दाहालले सञ्चालन गरेका हुन ।उक्त कृष्णाज कलेक्सनमा साडी कुर्ता र लेहेङ्गाका हरेक डिजाईन तयार गरिन्छ । फुर्सदको समयमा यस्ता विभिन्न कार्यक्रममा आउँदा निकै आनन्द आउँने गरेको जानकारी दिदैं नायिका झरना थापाले हाल आफु ऐ मेरो हजुर २ को प्रि(प्रोडक्सनमा ब्यस्त रहेको पनि खुलाएकी छिन् । उद्घाटन कार्यक्रमपछि मिडिया माझ निकै खेलेर बोलेकी नायिका गरिमा पन्तले यस्ता कार्यक्रमहरुले आफुलाई मुड फ्रेस बनाउने बताइन ।

हाल गरिमा अभिनित चलचित्र झोला साखुस्थित स्वस्थानीको मेलामा प्रदर्शंरत छ भने आइतबार देखी उनी चलचित्र तिन घुम्तीको छायांकनमा व्यस्त हुदैंछिन् । त्यस्तै नायिका नीता ढुंगाना पनि आफुले अभिनय गरेका दुई चलचित्र फूलै फूलको मौसम तिमीलाई र भूल भूलैयाको प्रमोशनमा व्यस्त छिन् । फुर्सदको समयमा यस्ता विभिन्न कार्यक्रममा आउँन पाउँदा निकै खुसी लाग्ने गरेको निताले मिडियामाझ बताएकी छिन् ।

%d bloggers like this: