Tue. Mar 19th, 2024

karina and sahid

बलिउड अभिनेता सैफ अलि खानसँग बैबाहिक जीवनमा बाधिएपछि आफ्ना पूर्वप्रेमीहरुसँग खासै चलचित्रमा नदेखिएकी नायिका करीना कपूर अब चाडैं आफ्नो पूर्वप्रेमी शाहिद कपूरको साथमा देखिदैं छिन् । हाल सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानको शूटिंगमा व्यस्त करीना हाल शाहिद कपूर र आलिया भट्टको साथ उड़ता पंजाबमा समेत अभिनय गरिरहेकी छिन् । अहिले करीना बजरंगी भाईजान र उड़ता पंजाब यि दुवै चलचित्रको छायांकनमा व्यस्त छिन् । खबरका अनुसार करीनाले पूर्व क्रिकेटर मोहम्मद अजहरुद्दीनका बायोपिकमा काम नगर्ने खबर पनि बाहिर आएको छ । हाल दुई चलचित्रको कडा तालिकामा काम गरिरहेकी करीनाले समय प्रयाप्त समय नभएका कारण उक्त बायोपिक छोड्नु परेको बताइएको छ । पूर्व क्रिकेटर मोहम्मद अजहरुद्दीनका बायोपिकमा संगीता बिजलानीको रोल निभाउन लागेकी करीनाले अन्तत उक्त बायोपिकमा काम नगर्ने भएकी छिन् ।

%d bloggers like this: