Tue. Mar 19th, 2024

माघ २ गते प्रदर्शन हुने भनेर अन्तिम तयारीमा रहेको चलचित्र इच्छाले एक्कासी बन्द-हड्तालका कारण आफ्नो प्रदर्शन मिति सारेपछि चलचित्रयूनिटले फेरी अर्को नयाँ रिलिज मिति सार्वजनिक गरेको छ । चलचित्र अब फागुन ८ गते अलनेपाल रिलिज हुने भएको छ । इच्छा रिलिजको नयाँ मितिमा अन्य दुई चलचित्र पनि रिलिज हुँदैछन् । आर्यन सिग्देल अभिनित ‘आवेग’ र अर्को चलचित्र ‘माला’ प‍नि सोही मितिमा रिलिज हुनेछन् ।

ichha-3

‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजेको चलचित्रमा याहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान-श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

%d bloggers like this: