Tue. Mar 19th, 2024

कुनै जमना यस्तो थियो जुन चलचित्रमा पनि नायक भुवन केसी नै भेटिन्थे । चलचित्र कुसुमे रुमाल, सम्झना प्रदर्शनमा आएपछि भुवनलाई फ्यानहरूले रगतले लेखेर चिठी पठाउँथे। त्यो जमानामा अहिलेजस्तो फोन, फेसबुक, इमेल केही थिएन। फ्यानलाई लागेका कुरा भन्ने माध्यम भनेकै चिठी हुन्थ्यो। तर अहिले जमाना परिवर्तन भएको छ ।

‘भनिन्छ नि बाबुको सेखापछि छोराको नै पालो आउँछ भनेर’ हो त्यस्तै इतिहास यति बेला उनका छोरा अनमोल माथी पनि लागु भएको छ । अहिले अनमोल प्रति दर्शकको क्रेज देखेर भुवन आफ्ना पुराना दिनहरु सम्झन्छन् । भवनले अन्नपूर्ण राष्ट्रिय दैनिकका लागी दिएको एक अन्तरर्वातामा भुवनले भने -‘अनमोलले अभिनय गरेको चलचित्र जेरीपछि मलाई आफ्नो बैंसको झझल्को आउँछ।’

Bhuwan KC_BK  56

आफ्नो छोरा अनमोललाई केहिले पनि यसक्षेत्रमा लाग्न दबाब नदिएको बताउदैं भुवनलले अहिले युवापुस्तामा अनमोलको क्रेज देख्दा आफुलाई पनि इतिहास दोहोरिएको अनुभूति हुने गरेको भुवनले खुलाएका छन् । भुवनले भने -‘मलाई अहिले अनमोललाई देख्दा सुस्मिताको पनि याद आउँछ।

हाम्रो दाम्पत्य जीवन सफल भएको भए, हामी सँगै भएको भए अनमोललाई झनै हौसला मिल्थ्योजस्तो लाग्छ। तापनि मैले आमाबाबुबाट पाउने माया र हेरचाहमा कत्ति पनि कमजोरी हुन दिएको छैन ।’

%d bloggers like this: