Thu. Apr 25th, 2024

aavisak

अभिषेक बच्चनले मुम्बईको वर्लीमा ३७ औ तलामा ४१.१४ करोड भारतीय रूपैयाँको फ्ल्याट किनेका छन् । अभिषेक बच्चनले जुन ठाऊमा फ्ल्याट लिएका छन् त्यो फ्ल्याट वर्लीको एनी बेसेन्ट रोडमा रहेको छ । स्काईलार्क टावरमा अभिषेकले १.०६ लाख स्क्वायर फिटको हिसाबले ३ हजार ८ सय ७५ स्क्वायर फिटको फ्ल्याट किनेका छन् । अभिषेकले लिएको फ्ल्याटमा ५ वटा बेडरूम र २० फिटको टेरेस रहेको छ । केही समयअघि ऐश्वर्या राय बच्चन र जया बच्चनबीच खटपट भएको र ऐश्वर्या छुट्टिएर बस्न चाहेको खबरहरू भारतीय सञ्चारमाध्यममा आएका थिए । तर अमिताभ बच्चनले भने अभिषेकलाई नछुटिन सल्लाह दिएको खबर पनि बाहिर आएको छ तर अभिषेकलाई उक्त घर निकै नै मन परेका कारण अभिषेकले उक्त घर खरिद गरेका खबर पनि बाहिर आएको छ ।

%d bloggers like this: