Fri. Mar 29th, 2024

पुष २५ गते शुक्रबार देशभर प्रदर्शनमा आएको चलचित्र आभाष प्रदर्शनमा आएको एकहप्तामा करोड प्रवेश गरेको छ । अरु दुई चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र आभाषले एक हप्तामा करोडको व्यापार गर्नुलाई यति बेला धेरैले राम्रो व्यापार रहेको बताएका छन् । पुष २५ गते शुक्रबारबाट माघ २ गते शुक्रबार सम्मको व्यापार सार्वजनिक गर्दै निर्माता गोविन्द शाहीले चलचित्र आभाषले १ करोड माथिको व्यापार गरेको बताएका छन् ।

देशभर विभिन्न राजनितिक दलहरुले गरेको बन्दमा समेत प्रत्यक शो हाउसफुल रहेको आभाषमा अझै पनि दर्शकको भिड नघटेको कलाकार संयम पुरीले बताए । अहिलेसम्म नेपाली चलचित्र समेत नहेरेका दर्शकले आभाष हेर्न गएको जानकारी दिदैं कलाकार संयम पुरीले दर्शकबाट चलचित्र हेरेपछि प्रतिक्रिया पनि उत्कृष्ट पाएको जानकारी दिए । अहिलेसम्म आभाष जस्तो चलचित्र नहेरेको समेत दर्शकले बताएका कलाकार संयमले बताएका छन् । नेपालमा करिब ६५ वटा हलहरुमा एकसाथ प्रदर्शन आरम्भ गरेको चलचित्र आभाष प्रदर्शनमा आएको एक हप्ता वितेपनि कुनै पनि चलचित्रहलबाट आभाष नउत्रिएको निर्माता शाहीले जानकारी दिए ।

चलचित्र प्रदर्शनमा आएको केहि दिनको तुलनामा भन्दा हाल चलचित्र हेर्न दर्शकको भिड ५० प्रतिशतले बढेको पनि बताए । चलचित्र आभाषबाट पहिलो पटक नेपाली रजतपटमा भित्रिएकी भिजे तथा नायिका आष्मा डिसीले चलचित्र आभाष हेरेपछि सम्पुर्ण दर्शकले आफ्नो अभिनय र चलचित्रको बारेमा खुलेर तारिफ गरेका बताइन । दर्शकले आभाष दोहोरियाएर समेत हेरेको जानकारी दिदैं आष्माले आभाषले सबैको मन जित्न सफल भएको पनि बताइन । त्यस्तै चलचित्रका अर्का कलाकार सलोन बस्नेतले चलचित्र आभाष हेर्न दर्शकको भिड अझै पनि चलचित्र हलहरुमा थामी नसक्नुको रहेको बताइएका छन् । आफु काठमाडौंका विभिन्न हलहरुमा गएर दैनिक निरिक्षण गर्ने गरेको जानकारी दिदैं सलोनले दर्शक बन्दको बेला पनि लामो समय हिडेर आभाष हेर्न हलसम्म पुगेका बताए ।

aavas

आफ्नो भुमिका र चलचित्रलाई दर्शकले गरेको मायाले आफु निकै खुसी भएको सलोनले खुलाएका छन् । काठमाडौं भन्दा बाहिर विभिन्न राजनितिक दलका पार्टीहरुले गरेको बन्दले आभाषलाई कुनै पनि असर नपुगेको कलाकार एवं निर्माता सुनिल रावलले जानकारी दिएका छन् । बन्दको बेला समेत आभाषको शो उपत्यका भित्र र बाहिर सबै हलहरु हाउसफुल रहेको र माघे संक्रान्तिका दिन देखी दर्शकको भिड अझै चलचित्र आभाष हेर्न बढेको पनि कलाकार रावलले जानकारी दिए । प्रदर्शनमा आएको एक हप्तामा चलचित्र आभाष करोड क्लब प्रवेश गरेको भन्दै यति बेला आभाष यूनिट निकै उत्साहित भएको छ ।

माघ २ गतेबाट बलिउड चलचित्र अलोन र नायिका नम्रता श्रेष्ठको लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टर प्रदर्शनमा आएपनि ति चलचित्रले आभाषलाई कुनैपनि असर नगरेको निर्माणयूनिटले जानकारी दिएको छ । युवापुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र आभाषमा संयम पुरी,सलोन बस्नेत,आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ,गोविन्द शाही,सुनिल रावल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् भने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पवन श्रेष्ठ, गोविन्द शाही र दिपक शाहीको लगानी रहेको चलचित्र आभाषले ५१ दिन मनाउन सफल हुने यति बेला धेरैले अडकल काटेका छन् ।

%d bloggers like this: