Fri. Apr 26th, 2024

चलचित्रका बाघ निर्माता भनेर चिनिने छबिराज ओझापछि चलचित्रका अर्का बाघ निर्माता सुनिल रावलले निर्माण गरेको चलचित्र ‘होस्टेल रिटन्स’को आज राजधानीमा एक कार्यक्रमका विच प्रोमो र फष्टलुक सार्वजनिक गरिएको छ । प्रोमो सार्वजनिक गर्न नयाँ तरिका अपनाइएको ‘होस्टेल रिटन्स’का कलाकारले लाइफ प्रस्तुती दिएका थिए ।
hostel
कलाकारको लाइफ प्रस्तुतीलाई उपस्थित सबैले तारिफ गरेका थिए । पहिलो पटक फरक तरिकाबाट सार्वजनिक गरिएको ‘होस्टेल रिटन्स’को प्रोमो र फष्टलुक सार्वजनिक कार्यक्रममा सयौंको संख्यामा कलेजका विद्यार्थीहरु उपस्थित भएका थिए । प्रज्ञा प्रतिष्ठानको विशाल हल भित्र आयोजना भएको कार्यक्रममा चलचित्रको जम्बो यूनिट नै देखा परेको थियो ।
hostel 2
कार्यक्रममा चलचित्रको पहिलो पटक २ गीतको अडियो पनि सार्वजनिक गरिएको छ । नयाँ कलाकारहरुको बाहुल्यता रहेको चलचित्र ‘होस्टेल रिटन्स’ले दर्शकलाई नयाँ स्वाद दिने निर्माता सुनिल रावलले दाबी गरेका छन् । सायद र होस्टेल चलचित्र निर्माण गरेर दर्शको राम्रैसँग नाडी छामेका सुनिलले ‘होस्टेल रिटन्स’ पनि उत्कृष्ट बनाएको हुनु पर्ने कार्यक्रममा उपस्थित धेरैले बताएका थिए ।
hostel 3
होस्टेल जीवनको कथा बोकेको चलचित्र ‘होस्टेल रिटन्स’ होस्टेल चलचित्रको सिक्वेल हो । सुरज भुषालको निर्देशनमा तयार भएको चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का, सुशिल सिटौला, अभय बराल, प्रदिप चौधरी, सुधाम सिके लगायतका कलाकारहरुको भुख्य भुमिका रहेको छ । दुर्गिस फिल्मस्को ब्यानरमा तयार भएको चलचित्र ‘होस्टेल रिटन्स’ वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको छ ।
भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=FodJ9rcQ_Lk

%d bloggers like this: