Thu. Apr 25th, 2024

स्व.निर्देशक आलोक नेम्वाङ्ले निर्देशन गरेको चलचित्र अझै पनिको चौँथो गीत रिलिज भएको छ । फागुन १५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अझै पनिको ‘के गर्दा मिल्छ मिठो पिरती’ नामक सार्वजनिक गीतमा सुदर्शन थापा र पुजा शर्मा देखिएका छन् भने गीतमा उनीहरुको प्रेमभाबलाई देखाउन खोजेको छ । सार्वजनिक गीतमा डा.कृष्णहरी बरालका शब्द तथा महेश खड्काको संगीत रहेको छ ।

aajai pani

गीतमा दिपक लिम्बु र शाहिमा श्रेष्ठले स्वर दिएका छन् । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्का, रामेश्वर पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ । सामाजिक प्रेम कहानीमा आधारित यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=o-7N6xWT_7U#t=35

%d bloggers like this: