Thu. Mar 28th, 2024

‘होस्टेल’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गरेका नायक अनमोल केसी एका एक स्टार बन्न पुगे । होस्टेलमा रुचाइएको उनको भुमिकालाई दर्शकले विर्सन नसकिरहेको अबस्थामा चर्चित निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘जेरी’ले अझ अनमोललाई स्टारको तक्मा भिराउन सफल भयो । व्यापारिक हिसाबले सफल भएको चलचित्र जेरीपछि हेमराजले नै निर्देशक गर्न लागेको चलचित्र ‘ग्याङस्टार ब्लुज’मा समेत अनमोल नै देखिने पक्का भएपनि उक्त चलचित्रबाट अनमोलले हात झिकेका छन् ।

anmol

संझौता रकम समेत लिइसकेका नायक अनमोलले आफ्नो बुबा भुवन केसीले निर्देशन र निर्माण गर्न लागेको चलचित्र ‘ड्रिम्स’का लागी उनले हेमराजको चलचित्र छोडेका हुन् । एउटै तालिकामा चलचित्रको छायांकन हुने भएपछि पिता भुवन केसीको आग्रहमा अनमोलले ‘ग्याङस्टार ब्लुज’ छोडेको बताइएको छ । अनमोलले उक्त चलचित्रबाट हात झिकेपछि ‘ग्याङस्टार ब्लुज’मा अब बैंकर रबिना देसराजका छोरा देखिनेछन् ।

%d bloggers like this: