Sat. Jan 22nd, 2022

M_Id_449417_aamirdhoom3

बलिउडका सुपरस्टार आमिर खानले अभिनय गरेको चलचित्र पिकेले केहि दिन अगाडी मात्र संसारभर गरि करिब ६ सय ११ करोडको व्यापार गरेर बलिउड इतिहासमै नयाँ रेकर्ड बनाएसगैं यति बेला हरेकको आखाँ आमिरले अभिनय गर्ने चलचित्रमा जान थालेको छ । अब आमिरले कुन चलचित्र खेल्छन् भन्ने विषयमा यति बेला बलिउडको ध्यान पुरै आमिरमाथि रहेको छ । त्यहि क्रममा आमिर अब एक पहलमानको भूमिकामा देखिने छन्। हरियाणाका महावीर फोगाटको भूमिका आमिरले निभाउनेछन्। फिल्मको नाम कुस्ती राखिएको छ। नितेश तिवारीले निर्देशन गर्ने फिल्ममा महावीरले आफ्नी छोरीलाई गीता र बबितालाई कुस्ती तालिम दिएको कथा रहेको छ। पहलमानको भूमिका देखिन लागेका आमिर अहिले शरिरलाई मजबुत बनाउन तल्लिन रहेको समाचारमा जनाइएको छ।