Fri. Apr 19th, 2024

आज माघ २ गते शुक्रबार नायिका नम्रता श्रेष्ठको लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टर देशभर प्रदर्शनमा आएको छ । हिजो बिहिबार काठमाडौंका विभिन्न मल्टिप्लेक्स हलहरुमा प्रदर्शनमा आएको चलचित्र सोल सिस्टर आजबाट भने अलनेपाल रिलिजमा आएको हो । नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका र लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टरले दिदीबहिनीको कथा बोकेको छ । फिल्मको लेखन तथा निर्देशन प्रशान्त रसाइलीले गरेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ, दीपक शर्मा, शकुन्तला बैद्य, राजेश हमाल र रविना देसराजको मुख्य भूमिका छ । सस्पेन्स थ्रिलर कथा रहेको फिल्मलाई काठमाडौं, सिक्किम तथा दाजिलिङमा छायाङकन गरिएको हो ।

movie

चलचित्र इच्छाले आफ्नो प्रदर्शन मितिपर सारेपछि नम्रताको सोल सिस्टर एकल प्रदर्शनमा आएको छ तर बलिउड फिल्म अलोनले भने नम्रतालाई केहि असर गर्ने देखिएको छ । बलिउडकी चर्चित नायिका विपाशा बासुको मुख्य भुमिका रहेको चलचित्र अलोन आजबाट नै प्रदर्शनमा आएको छ । लगभग एउटै कथामा निर्माण भएको नम्रताको सोल सिस्टर र विपाशाको अलोन विच राम्रो युद्ध हुने देखिएको छ । फिल्ममा विपाशा र करण सिंह ग्रोवरको मुख्य भुमिका रहेको छ । फिल्मको कथा जुम्ल्याह दिदी बहिनीको कथामा आधारित छ जो सँधै संगै बस्न चाहन्छन् । तर, दुइ मध्ये एउटीको मृत्यु भएपछि आइपर्ने समस्यालाइ फिल्मको विषय बनाइएको छ ।

%d bloggers like this: