Thu. Apr 25th, 2024

Elli-Avram-Salman_1

बलिउडका अभिनेता सलमान खानको क्रेज भारत र नेपालमा मात्र होइन विदेशमा पनि उत्तिकै छ । तपाइँ अनुमान पनि गर्न सक्नु हुन्न सलमानका लागि एक विदेशी सुन्दरी अभिनेत्रीले घरबार नै छोड्न सक्छिन् भनेर । सोमी अली भनिने सलमानकी पूर्व प्रेमिका पछि अव यस्तै गर्ने अर्की अभिनेत्री बनेकी छिन् एली अबराम । सन् २०१५ मा जसरी पनि एक फिल्म खेल्ने भनेर कसम खाएकी उनले सलमानकै लागि घरबार छोडेर बलिउड आएको बताएकी छिन् । सलमानसँग बिगबोसमा चिनिएकी उनी सलमानसँग फिल्म खेल्न जुनसुकै मूल्य पनि चुकाउन तयार छिन् । अहिले बजरंगी भाइजानमा ब्यस्त रहेका सलमान यस पछि फेरी प्रम रतन धन पायो नामक चलचित्रका लागि अनुबन्ध भैसकेका छन् । सलमानसँग कुनै फिल्ममा अफर नआएपनि एली जसरी पनि सलमानकी प्रेमिका बन्न चाहन्छिन् ।

%d bloggers like this: