Thu. Apr 25th, 2024

नेपाली चलचित्रक्षेत्रमा खासै राम्रो छबि बनाउन नसकेकी नायिका सुमिना घिमिरे यति बेला पाइलटको प्रेमसम्बन्धमा छिन् । काभ्रे घर भएका रोशन सापकोटासँग हाल सुमिनाको प्रेमसम्बन्ध रहेको यस अघिनै सार्वजनिक भइसकेको छ । एक म्युजिक भिडियोको शिलशिलामा नजिक भएका रोशन र सुमिना बैशाखमा बिहे गर्ने कुरा भएपनि रोशनको परिवारमा आफन्त खसेका कारण बैशाखमा बिहे हुन नसक्ने खबर हामीलाई प्राप्त भएको छ ।

sumina 2

अहिले आफ्नो घर सुर्खेतमा रहेकी सुमिनाले अबका दिनबाट चलचित्र नखेल्ने उद्घोष समेत गरिसकेकी छिन् । छविलाल कन्जुस छैन चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी सुमिनाले अहिले सम्म करिब आधा दर्जनभन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । मंसिर १९ गते मात्र उनले अभिनय गरेको चलचित्र रंग बैजनी प्रदर्शनमा आएको थियो । यि जोडीको बिबाह २०७२ सालको मंसिरमा हुन सक्ने खबर हामीलाई प्राप्त भएसगैं सुमिना र रोशनका केहि तस्विरहरु पनि हामीले प्राप्त गरेका छौं ।

यस्तो छ तस्विरमा रोशन र सुमिनाको प्रेम :-

sumina 3 sumina 4 sumina 6 sumina 7 sumina 8 sumina

%d bloggers like this: