Thu. Apr 25th, 2024

पछिल्लो समय दर्शकले समेत झट्ट सम्झने खाल्का चलचित्रको नाम बन्न छोडिसकेका छन् । अब फेरी एउटा अचम्मको नाम रहेको चलचित्र निर्माण हुने भएको छ । शुभम् फिल्मस् प्रा.लिको ब्यानरमा फिल्म ‘कसैलाई नभन्नू’ नामक चलचित्र निर्माण हुने भएको छ । बिहिबार काठमाडौंमा रहेको भद्रकालि मन्दिरमा फिल्मको शुभमुर्हत गरिएको छ । प्रेमकथामा आधारित रहेर निर्माण हुने चलचित्र कसैलाई नभन्नूमा देशभक्त खनाल, दीनेश शर्मा, पुष्कर भट्ट, आयुष्मा कार्की, किशोर केसी लगायतका कलाकारहरुले अभिनय गर्नेछन् ।

kasailai navannu

मन्दिप रानाको निर्देशन र लेखन रहेको चलचित्रमा शिवहरी रेग्मी र शंकर अधिकारीको लगानी रहनेछ । काठमाडौं, हेटौंडा पोखरा, पाल्पा र तनहुँ लगायतका स्थानमा छायांकन हुन लागेको चलचित्र कसैलाई नभन्नूमा रामचन्द्र श्रेष्ठ र भिम विसीको संगीत रहेको छ भने प्रमोद खरेल र शिव परियारले चलचित्रको गीतमा स्वर दिएका छन् । यहि साताबाट छायांकन सुरु हुने बताइएको चलचित्र कसैलाई नभन्नू दर्शकको रोजाईको चलचित्र बन्ने निर्देशक रानाले दाबी गरेका छन् ।

%d bloggers like this: