Thu. Apr 25th, 2024

leo_650_011515122029

हलिउडमा हुने कलाकारहरुको प्रेम प्रशंगले बेला बेलामा हलिउड नतात्ने गरेको भने होइन । त्यहि क्रममा लियानार्डो डी कैप्रियो इन दिनो र पपसिंगर रिहाना बिच प्रेम सम्बन्धमा रहेको खबर बाहिर आएको छ । यो खबर त्यतिकै भने आएको होइन । एक पार्टीमा एकसाथ पुगेका उनीहरुले निकै उत्साहका साथ किस गरेको देखेपछि सबैले यि दुई प्रेमसम्बन्धमा रहेको खबर बाहिर आएको थियो । अंगे्रजी एक वेवसाइट टीएमजेडले लेखेको खबर अनुसार २६ बर्षिय रिहाना र ४० बर्षिय लियोनार्डो पछिल्ला केहि दिनहरु सगैं विताइरहेका छन् । यि जोडी एकसाथ पार्टीमा मात्र होइन न्यू इयरको बेला बार्ट्समा पनि सगैं छुट्टी मनाउदैं गरेको खबर पनि बाहिर आएको छ । केहि दिन अगाडी मात्र चर्चित डिजाइनर निक्की इरविनको जन्मदिनको पार्टीमा समेत यि जोडी सगैं देखिएपछि यति बेला हलिउडमा यि दुईको प्रेम सम्बन्ध रहेको बाहिर आएको छ ।

%d bloggers like this: