Sat. Apr 20th, 2024

शुक्रबार मात्र चलचित्र प्रदर्शन गर्न पाइने निर्माता संघको नियम अनुसार नायिका नम्रता श्रेष्ठको लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टर माघ २ गते शुक्रबारबाट मात्र प्रदर्शन हुने भएता पनि राजधानीका केहि मल्टिप्लेक्स हलहरुमा भने चलचित्र बिहिबार अर्थात आजबाट नै प्रदर्शनमा आएको छ । खबरका अनुसार राजधानीको बिग,क्यूएफएक्स,एफ क्युब,क्युज सिनेमाजमा झन्डै ८ वटा शोज किनेर सोल सिस्टर आजबाट प्रदर्शन आएको छ ।

soul-sister0020

नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका र लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टरले दिदीबहिनीको कथा बोकेको छ । फिल्मको लेखन तथा निर्देशन प्रशान्त रसाइलीले गरेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ, दीपक शर्मा, शकुन्तला बैद्य, राजेश हमाल र रविना देसराजको मुख्य भूमिका छ । सस्पेन्स थ्रिलर कथा रहेको फिल्मलाई काठमाडौं, सिक्किम तथा दाजिलिङमा छायाङकन गरिएको हो ।

%d bloggers like this: