Fri. Apr 26th, 2024

पुष २५ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र आभाषले यति बेला दर्शकको साथ राम्रै पाइरहेको छ । पूर्वका विभिन्न ठाँउहरु देखी उपत्यकामा समेत बन्दको मार खेपिरहेका आम दर्शकको भिड अझैपनि चलचित्र आभाष हेर्न कम नभएको चलचित्रका निर्माता गोविन्द शाहीले बताएका छन् । प्रदर्शनमा आएको दिन देखी दर्शकको भिड र व्यापार अरु चलचित्रको तुलनामा सबै भन्दा माथि रहेको निर्माता शाहीले जानकारी दिएका छन् । देशभरमा करिब ६५ वटाहलहरुमा एकसाथ प्रदर्शनमा आएको चलचित्र आभाषलाई यूवावर्गका दर्शकले निकै रुचाएका छन् । 

aavas

जाडो र बन्दको चपेटामा परेका दर्शकले आभाषलाई निकै मनपराइरहेको जानकारी दिदैं चलचित्रका कलाकार संयम पुरीले आभाषमा आफ्नो भुमिका मनपराउने दर्शकहरुलाई धन्यवाद समेत दिएका छन् । ‘आभाषले फेरी मलाई नयाँ बाटो खोलिदिएको छ’,संयमले भने- ‘आभाष मेरो लागी महत्वपुर्ण चलचित्र पनि हो ।’ दर्शकको निकै राम्रो साथ पाएको चलचित्र आभाषका निर्माता कलाकार देखी निर्देशक समेत यति बेला उत्साहित बनेका छन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा माथि उल्लेखित कलाकारहरु नै मुख्य भुमिकामा छन् । पवन श्रेष्ठ, गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

%d bloggers like this: