Fri. Apr 26th, 2024

arjun

प्रदर्शनमा आउनु भन्दा अगाडी प्रचार प्रसारमा निकै समय खर्च गरेको चलचित्र तेवर यूनिट अन्तत बलिउड बक्स अफिसमा कमाल देखाउन सकेन । बक्सअफिसमा तेवरले चार दिनमा २५.५ करोड भारुको कारोवार गरेको छ। पहिलो तीन दिनमा २२ करोड भारु कमाएको तेवरले चौथो दिनमा ३.५ करोड भारू मात्र कमाउन सफल भयो । यसको व्यापारलाई बलिउडमा निकै कमजोर व्यापारको रुपमा लिइएको छ । अभिनेता अर्जुनका पिता बोनी कपुर र काका संजय कपुरले संयूक्तरूपमा निर्माण गरेका चलचित्र तेवरमा सोनाक्षी र अर्जुनको जोडी रहेको छ । धमकेदार एक्शन र लभस्टोरी फिल्म तेवर फ्ल्प भएपछि यति बेला अर्जुन र सोनाक्षी चिन्तित भएका छन् । राम्रो आश गरिएको चलचित्र तेवरले सोचेअनुरुपको व्यापार नगरेपछि अब अर्जुनले अरु चलचित्र पाउँने सम्भाबना निकै कम देखिएको छ तर उनका पिता बोनी कपुरले भने अब अर्जुनलाई लिएर अर्को नयाँ चलचित्र निर्माण गर्ने घोषणा समेत गरिसकेका छन् ।

%d bloggers like this: