Wed. Apr 24th, 2024

पहिलो भागबाट नै दर्शकको निकै राम्रो साथ र व्यापारिक हिसाबले पनि निकै राम्रो फड्को मारेको चलचित्र ‘नाई नभन्नु ल’को तेश्रो चलचित्र ‘नाई नभन्नु ल ३’को पहिलो अफिसियल गीत रिलिज भएको छ । संयोग योगीको आवाजमा रहेको सार्वजनिक गीतमा संगीतकार बसन्त सापकोटाका शब्द रहेको छ भने गीतमा राजेश पायल राई, रजिना रिमाल र संयोग योगीले स्वर दिएका छन् ।

Nai-Nabhannu-La 3

गीतमा अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईंटेल र सुरज सिंह ठकुरीको अभिनय प्रस्तुत गरेका छन् भने कविराज गहतराजले नचाएका छन् । मुस्कान ढकालको डेब्यू निर्देशन रहेको चलचित्र नाइँ नभन्नू ल ३ ले पनि ब्लकबस्टर रहने निर्माणपक्षको दाबी छ । चलचित्रलाई निर्देशक विकास आचार्यले लगानी गरेका छन् । चैत २७ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र नाईँ नभन्नू ल ३ सँग अरु ३ वटा ठुला भनिएका चलचित्रपनि एकसाथ प्रदर्शनमा आउन लागेका छन् ।

भिडियो हेर्नका लागी तलको लिकंमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=xqDN-ltKW3Q

%d bloggers like this: