Sat. Apr 20th, 2024

केहि दिन देखी विभिन्न राजनितिक दलहरुले गरेको बन्द आब्हानले नेपाली चलचित्रक्षेत्रपनि अछुतो रहन भने सकेको छैन् । त्यहि क्रममा माघ २ गते देशभर प्रदर्शन हुने भनेर अन्तिम तयारीमा रहेको चलचित्र इच्छाले समेत आफ्नो प्रदर्शन मिति पर सारेको छ । यति बेला देशभर भइरहेको बन्द-हड्तालका कारण चलचित्रलाई असर पुग्ने भएपछि आज मात्र चलचित्रयूनिटले इच्छाको प्रदर्शन मितिपर सारेको हो ।

अर्को नयाँ प्रदर्शन मिति चाडैं सार्वजनिक गर्ने जानकारी दिदैं चलचित्रका निर्देशक मुनाल घिमिरेले चलचित्रको रिलिज मिति धेरै परको भने नहुने जानकारी दिएका छन् । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजेको चलचित्रमा याहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान-श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । 

चलचित्र इच्छाले माघ २ गतेको प्रदर्शन मिति छोडेपछि यति बेला नायिका नम्रता श्रेष्ठलाई चिट्ठा परेको छ । माघ १ गते प्रदर्शन हुने भनेर तयार भएको नायिका नम्रता श्रेष्ठको लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टर माघ २ गतेबाट देशभर प्रदर्शनमा आउने केहि बेर अगाडी मात्र औपचारिक जानकारी भएसगैं इच्छाले आफ्नो प्रदर्शन मिति परसारेपछि नम्रताले केहि बढिहलहरुमा चलचित्र प्रदर्शन गर्ने मौका पाएकी छिन् । अब माघ २ गते नम्रता श्रेष्ठको लगानीमा निर्माण भएको चलचित्र सोल सिस्टरमात्र प्रदर्शनमा आउनेछ भने अघिल्लो शुक्रबार प्रदर्शनमा आएका तिन चलचित्र तथास्तु,आभाष र अलबिदा पनि प्रदर्शनरत छ । यि चलचित्रसँग अब नम्रताको सोल सिस्टरले प्रतिस्पर्दा गर्ने छ । 

%d bloggers like this: